पेड्रो र हजार्डको गोल, चेल्सीको जित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले जित निकालेको छ । आईतबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

पाहुना टोली चेल्सीले १७ औ मिनेटमा पेड्रोको गोलबाट अग्रता लिएको थियो । ३३ औ मिनेटमा हजार्डले गोल गर्दै पहिलो हाफमै चेल्सीलाई २–० को अग्रता दिलाएका थिए । 

 

null

दोस्रो हाफमा मार्चले ६६ औ मिनेटमा एक गोल फर्काउदै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश नगरेका होईनन् । तर थप गोल हुन नसकेपछि लण्डन क्लबले महत्वपुर्ण तीन अंक बटुल्यो । 

जितसंगै चौथो स्थानको चेल्सीले १७ खेलबाट ३७ अंक जोड्याे । ब्राइटन २१ अंक सहित १३ औ स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *