भरतपुर महानगरपालिकाद्वारा ३ अर्बको बजेट प्रस्तुत
असार १०, चितवन । देशको मध्य भागमा रहेको चितवनको भरतपुर महानगरपालिकाले आर्थिक २०७६/०७७ काे लागि झन्डै ३ अर्बको बजेट प्रस्तुत गरेको छ ।
महानगरको मंगलबार सुरु भएको नगर सभामा उपप्रमुख पार्बती शाहले आगामी आर्थिक बर्षका लागि रु.३ अर्व ३७ कराेड ३१ लाख १७ हजार रुपैयाँ बजेट ल्याउन लागेको बताइन् ।
null
यसका लागि आन्तरिक आय ८० कराेड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ४२ कराेड ५५ लाख ४६ हजार, केन्द्र तथा प्रदेश सरकार बाट ५३ कराेड २५ लाख ७१ हजार, अन्यवाट रु १ कराेड ५० लाख, जनसहभागिता बाट ३० कराेड र बैंक माैज्दात ३० कराेड रहने प्रक्षेपण गरिएको छ ।
पूर्वाधार विकास, रङ्गशाला निर्माण, सडक निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन अादिलाई नीति कार्यक्रममा प्राथमिकता दिईएकाे छ ।
पूर्वप्रधानमन्त्री पुस्पकमल दहालको प्रमुख आतिथ्यतामा भएको सभामा महानगर प्रमुख रेनु दहालले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।