पूर्व मिस नेपाल माल्भिका सुब्बाको साथमा उत्प्रेरणात्मक कार्यक्रम हुँदै

फागुन २५, धरान । धरानका बिभिन्न क्षेत्रमा रहेको समस्यालाई पहिचान गर्दै त्यसलाई सामाधान गर्न अगाडी बढ्ने उद्देश्यले सुनसरीको ‘मोटीभेसन एण्ड साईक्लोजीकल क्याम्पीनीङ फर टुरीजम’ नामक पर्यटकीय क्षेत्रमा उत्पे्ररणा जगाउने कार्यक्रम हुने भएको छ । 

आज शनिबार आयोजक नमस्ते नेपालले पत्रकार सम्मेलन गर्दै सो कार्यक्रम आउदो चैत्र २ गते गर्न लागेको बताएको छ । नमस्ते धरानका अध्यक्ष दिपेन्द्र थपलियाका अनुसार सुनसरी उद्योग बाणिज्य संघको सभाहलमा करिब ४ सयको संख्यामा युवायुवतीहरुलाई सहभागीता गराई सो कायक्रम गरिने छ । 

 

null

कार्यक्रममा सामाजिक अभियन्ता महाबिर पुन, मनोबिष्लेशक बासु आचार्य तथा मिस नेपाल २००२ माल्भिका सुब्बाले प्रशिक्षित गराउने छन् । युवाहरुलाई उत्साहित गरेर समाजमा सकारात्मक सोचको विकास गर्न कायृक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष थपलियाले बताए । धरानका पर्यटकीय क्षेत्रमा देखा परेका समस्याहरुलाई उजागर गरी त्यसलाई सामाधानको बाटो देखाउने समेत कार्यक्रम रहेको छ । 

युवाहरुमा सकारात्मक सोच ल्याउन बैचारीक रुपमा नै युवाहरु सक्षम हुनुपर्ने तथा युवाहरुले अवसर लाई चुनौतीको रुपमा लिएर अघि बढ्न प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *