ज्यान मार्ने उद्योग मुद्दाका दुई अभियुक्त पक्राउ

नुवाकोट २८ वैशाख । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ। 

२०७५ साल माघ ५ गते नुवाकोट किस्पाङ ४ ठुलो गाउँ एक जनालाई ज्यान मार्ने उद्योगमा दरिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीको खोजीको सूचीमा रहेको दुई जनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो। 

 

null

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ ४ ठुलो गाउँ बस्ने वर्ष २५ को योगेश तामाङ र सोही स्थान बस्ने वर्ष ३१ को चन्द्र तामाङ लाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले नुवाकोट किस्पाङ ४ ठुलो गाउँ बस्ने वर्ष ३१ को दिलीप तामाङलाई धारिलो हतियार प्रहार गरी टाउको, सोको पछाडि र पिठ्यूमा समेत काटी सख्त घाइते बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताए । 

सोही स्थानका मेघ बहादुर तामाङको जाहेरीको आधारमा योगेश तामाङ र चन्द तामाङलाई पक्राउ गरे पनि सोही मुद्दामा 

१ जना चन्द्र तामाङ भने प्रतिवादी फरार रहेको नुवाकोट प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए। 

स्थानीय स्थानीय बिचको झगडाको क्रममा हतियार र खुकुरी लिई सांघातिक आक्रमण गरी फरार रहेकोमा प्रहरीको विशेष सुराकीको आधारमा ४ महिला पछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *