अमिताभ बच्चनकी छोरी कुनै समयमा सलमानखानको प्रेममा भएको खुलासा

 

माघ ८ । करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा सेलिब्रिटीले जे बोल्छन् त्यसले विवाद निम्त्याउने गर्छ । क्रिकेटर हार्दिक पाण्ड्या र केएल राहुलले यो कार्यक्रममा यतिधेरै बोलेका छन् कि दुबैले भारतीय क्रिकेट टिमबाट अलग्गिनु परेको छ । 

हालै, यो कार्यक्रममा पाहुना बनेर आएकी अमिताभ बच्चनकी छोरी एवं ऐश्वर्याकी आमाजु श्वेता बच्चन नन्दाले आफू कुनैबेला सलमान खानको प्रेममा भएको खुलासा गरेकी छिन् । 

null

एक र्यापिड फायर राउन्डमा करणले श्वेतालाई सोधे, ‘म जुन सेलिब्रिटीको नाम लिन्छु उनीहरुलाई हटनेटको हिसाबले सूचीबद्ध गर्नुहोस् । सलमान, शाहरुख, आमिर, ऋतिक र अजय ।’ 

श्वेताले सबैभन्दा पहिले सलमानको नाम लिएपछि करणले ‘सलमान तिम्रो टिनएज क्रथ थिए ?’ भनेर सोधे । यसमा श्वेताले ‘हो’ भन्दै व्याख्या गरिन्, ‘जब हामी बोर्डिङ स्कूलमा थियौं तब मैले सलमान खानको मेने प्यार किया भिसिआरमा हेरेकी थिएँ । मैले फिल्मको पूरा अडियो रेकर्ड गरेकी थिएँ र त्यो दैनिक सुन्थेँ ।’ 

श्वेताका अनुसार अभिषेकले उनका लागि सलमान खानले फिल्म ‘मेने प्यार किया’ मा लगाएको क्याप पनि ल्याइदिएका थिए । उनले भनिन्, ‘म राती त्यो क्याप लिएर सुत्थेँ । म सलमानलाई मन पराउन थालेकी थिएँ ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *