गरिमा विकास बैंकको नयाँ शाखा वीरगञ्जमा

 

जेठ १, वीरगञ्ज । गरिमा विकास बैंक लिमिटेडले आजबाट औपचाकिर रुपमा वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका छन् । 

सो अवसरमा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र वीरगञ्ज शाखा बाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए । 

null

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाईसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता बताए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजन बिक्रम थापा, बीरगञ्ज नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता , बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३१ वटा एटीएम सञ्चालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । 

विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु।३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु।२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *