होटल व्यवसायको माध्यमबाट पर्यटक भित्रयाउन सके धरानले विकासमा फड्को मार्ने


धरान,सुनसरी कात्तिक १६ । सुनसरी क्षेत्र नं १ का संघीय सासंद जय कुमार राईले धरानलाई होटल व्यवसायको माध्ययमबाट पर्यटक भित्रयाउन सके धरानले विकासमा फड्को मार्ने बताए ।
धरान १८ स्थित रहेको धरान ईन्टरनेश्नल होटेल म्यानेजेन्ट कलेजले आफना सप्ताहव्यापी रुपमा गरिएको शैक्षिक कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान प्रदानमा सासंद राई यस्तो बताएका हुन् ।
दिनप्रतिदिन धरान शैक्षिक क्षेत्र हुनु सकारात्मक पक्ष भएको भन्दै धरानको विकासको र समृद्धिका लागि एकताको खाँचो रहेको समेत बताए ।
null
शहरी र ग्रामीण क्षेत्रको विकास सँगसँगै अगाडी बढाउनुपर्ने भन्दै सासंद राईले कलेजले दीर्घकालिन योजना सहितको गुरुयोजना निर्माण गरी धरानको शैक्षिक विकासको नयाँ मोडल नै स्थापित गर्ने आग्रह गरे ।
शैक्षिक विकास निर्माणका योजना दबाव र प्रभावको भरमा नभई आवश्यकताको आधारमा सञ्चालन गर्ने भन्दै स्थानिय आवश्यकतालाई समेट्ने खालको विकास मोडल सञ्चालन गर्ने कलेज सञ्चालकलाई आग्रह गरे ।
वर्षभरी नै उत्कृष्ठ पठनपाठनमा दक्षता पाउने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गर्नुका साथै पत्रकारहरुसँग विद्यालयका शिक्षक तथा विद्यार्थी सम्मिलित फुटसल प्रतियोगितामा बिजय पत्रकारको टोली लाई प्रमाण–पत्र समेत बितरण गरेको थियो ।
कलेज परिसरमा नै गरिएको कार्यक्रममा नेकपा धरानका नेता चोत्लुङ, पुष्प अधिकारी, कृष्ण श्रेष्ठ, उत्तम श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व कलेजका सिईयो लोकेन्द्र श्रेष्ठले गरेका थिए ।
