प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

 

जेठ ३०, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ आज देखि कैलालीको अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ । कैलाली जिल्ला गोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा आजबाट शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो । उक्त शाखाको गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका थिए । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघकै लालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानी यव्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

null

 

कार्यक्रमका प्रमुख अतिथी गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए । 

आज देखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *