तरूण दलकाे चेतावनीः लोकतन्त्र विरोधी विधेयक फिर्ता नलिए आन्दोलनको आँधीबेहरी

वैशाख ९, काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपति बिद्यादेवी भण्डारीले पास गरेका राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी दुुई अध्याधेश आपत्तीजनक र गैह्रजिम्मेवार कदम भएको बताएको छ ।  

अध्यादेश– २०७७ राष्ट्रपतिबाट पारित हुनु संविधानको मर्म बिपरित, गलत राजनीतिक अभ्यासले अस्थिरतासँगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलको ठहर छ ।  

आज (मंगलबार) अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘संसद छल्दै सरकारले पेश गर्ने र राष्ट्रपतिले सदर गर्ने गरी ल्याईएका अध्यादेशहरुले अस्थिरता निम्तिनेतर्फ मुलुक गएको मात्र नभई प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने  सरकारी रणनीतिले कम्युनिष्टले जितेमा  मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने काँग्रेसको निर्बाचन अगाडीको आँकलन सहि हुँदै गएको देखिएको छ ।’ 

यस्तै तरुण दलले नेकपा नेतृत्वको सरकारको नालायक सावित भएको समेत दाबी गरेको छ । नेकपाको यस्तै उल्टो मतीले गर्दा नेकपा पनि सिद्धिने र सरकारको पनि आयु समाप्त हुने शुरुवात भएको देखिएको तरुण दलले टिप्पणी गरेको छ ।  

माहामारीका समयमा सरकारले बेमौसमी बाँसुरी बजाई जनताबिरुद्ध राजनीति गरिरहेको भन्दै तरुण दलले विज्ञप्तिमा भनेको छ– ‘स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरी पाप र धर्मको ख्याल नगरेको केपी सरकारले फेरी अर्को पछिल्लो काण्डको रुपमा जनतालाई लकडाउनको बाहनामा घरभित्र थुनेर बिधेयक ल्याई अधिनाकतातर्फ मुलुक धकेल्ने सपना देख्नु दिवास्वप्न भएको तरुण दल ठहर गर्दै  लोकतन्त्री बिरोधी बिधेयक तत्काल फिर्ता लिन समेत अनुरोध गर्दछ ।  

साथै जनता र लोकतन्त्र बिरोधी बिधेयक फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउन समेत पछि नपर्ने चेतावनी समेत दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *