तेस्रो चरणको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं, साउन ५ । निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । प्रदेश नं. २ का ८ जिल्लाका १२७ स्थानीय तह (गाउँपालिका÷नगरपालिका) को निर्वाचन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेसम्मको कार्यक्रम सञ्चालन गर्ने तय गरेको छ ।

त्यस्तै असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । निर्वाचन कार्यक्रम अनुसारका कार्यहरू गर्न आयोगले मुख्य÷निर्वाचन अधिकृतको नियुक्ति लगायत अन्य आवश्यक तयारी गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *