जनकल्याणको निक्षेप १३ करोड

१७ वर्षअघि दुहवीका २५ जना शेयर सदस्यहरु बाट स्थापना भएको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर सदस्य संख्या १८ औं वर्षमा लाग्दा ८ सय ८६ महिला र ११७६ पुरुष गरि २ हजार ६२ सम्म पुगेको छ । 

संस्थाले यस अवधिमा २०७५ असार मसान्त सम्म शेयर रकम १ करोड ५३ लाख, १६ हजार ३ सय पुर्याएको छ । दुहवी ५ स्थित रहेको संस्थाको शुक्रवार आयोजित १८ औं साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन १३ करोड, ५२ हजार, २०८ रुपया सम्म पुगेको छ । 

यस अवधिमा कुल ऋण लगानी १२ करोड, ७६ लाख, ३९ हजार १०८ रुपया ऋण लगानी गरी आर्थिक वर्ष २०७४/०७५ असार मसान्त सम्ममा खुद मुनाफा ७ लाख, ८६ हजार आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो छ । 

null

साधारणसभामा संस्थाका अध्यक्ष मिलिराम चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै स्थापनाको १८ औं वर्षमा पुग्दा सहकारी संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको बताए । सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको अध्यक्ष मिलिराम चौधरीले बताए । 

संस्थाले एम्बुलेन्स सेवा, रेमिटेन्स सेवा, रक्तदान कार्यक्रममा निशुल्करुपमा रगत सिफारिस गर्दै आएको छ । स्थापना यता निरन्तर सफल सहकारीको रुपमा अघि बढेको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं साधारण सभामा प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले सहकारीको सफलता यस्का निक्षेपकर्ताहरुको आत्मनिर्भरता सँग गाँसिएको हुने भएकोले सम्पूर्ण सदस्यहरुले आत्मसाथ गर्दै जानुपर्ने सुझाव दिए । मेयर गच्छदारले सहकारी विना आर्थिक संम्वृद्धि नहुँने भन्दै रचनात्मक र उत्पादनमुखी व्यवसायमा लगानि गर्नुपर्नेमा जोड दिए । 

साधारणसभाका बिशिष्ठ अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का कोषाध्यक्ष केशव प्रसाद पोखरेलले सहकारीले बेरोजगारलाई स्वरोजगारको व्यवस्था गर्नकालागि गुणस्तरिय उद्धमशिलता र प्रविधिमैत्री हुँनुपर्ने सुझाव दिए । १८ औं साधारणसभाको अवसर पारेर ३२ लाखको लागतमा बनेको संंस्थाको नयाँ भवनको समुद्घाटन गरिएको थियो ।साधारण सभामा सुनसरी जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख योगराज धमला, सुनसरी जिल्ला बचत संघका अध्यक्ष शिवराज श्रेष्ठ, जिल्ला बचत संघका पूर्व अध्यक्ष रुद्र प्रसाद उप्रेती लगायतका वक्ताले बोलेका थिए । सोही अवसरमा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लाई विशेष योगदान पुर्याउने संस्थाका उत्कृष्ठ कर्मचारीहरुलाई प्रोत्साहन पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै असल ऋणि र असल बचतकर्ता समुहलाइ समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा संचारक्रमी प्रेम गिरी लगायतलाइ सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रभाकर माझीले गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *