“केरा लैजाउँ पावर” भन्दै माहोल तताउन आए गेमराज
मंसिर २४, बर्दिया । गायक गेम राज गिरीको राेमान्टिक गीत “केरा लैजाउँ पावर” भन्ने बोलको गीत बजारमा आईपुगेको छ । यस अघि उनको “तिमी जवान, म नि जवान” भन्ने बोलको गीतले धेरै नै चर्चा पाएको थियो ।
“केरा लैजाउँ पावर, एकैनाशे गैजाउँ लाहोर‘” पश्चिमी शैलीकाे राेमान्टिक गीत हाे । स्व. भुपेन्द्र प्रकाश गिरीको शब्द, संगीत रहेको गीतलाई रिमेक गरेर बजारमा ल्याईएको हो । आवाज गेमराज गिरीको रहेको यस गितको निर्देशन भने मौसम हिमालीले गरेका हुन् । सम्पादन नबिन घर्तीमगरको रहेको उक्त भिडियोकाे छाँयाकन करण चैसिरले गरेका हुन ।
null
उक्त भिडियोमा स्थानिय कलाकार अन्जली अधिकारी र प्रकाश सपुतको मन नै लोभ्याउने नृत्य र अभिनय हेर्ने मौका मिल्नेछ । फेरी एक पटक माहोल तताउन साँगितिक कोसेली बोकेर आएका उनी उनको यो गीतले कतिको माहाैल तताउँन सफल हुन्छ त्यो दर्शकको प्रतिक्रिया आएपछि थाहा हुनेछ ।
भिडियो हेर्नुहोस्
https://youtu.be/Xfgdgtd7lWE