नाकको डाँडी भाच्छु भन्ने मेयरले माफि मागेको कि शब्द फिर्ता लिएको !
जेठ २६, काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार माथि गरेको दुब्र्यहारप्रति माफि मागेका छन् । इटहरीका पत्रकार विराट अनुपमको नाकको हड्डी एक करोड खर्च गरेर भाँच्ने धम्की दिएका मेयरले आज प्रेस विज्ञप्ति जारी गर्दै आवेग जन्य परिस्थितिमा बोलिएको कुरालाई आत्मालोचन गर्दै माफि मागेका छन् ।
विज्ञप्तिमा विराट अनुपमको नाम उल्लेख नगरीकन मेयर चौधरीले ‘जेठ २१ गते इटहरीका एक जना पत्रकार मित्रले फेसवुक कमेन्टको विषयलाई लिएर मलाई आक्रोसपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मेरो ब्यक्त भनाईहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुखः ब्यक्त गर्दै प्रेस जगत लाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’ भनेका छन् ।
null
मेयर चौधरीले कुटनितीक भाषा प्रयोग गर्दै पत्रकारितामा आन्तरिक सुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने भन्दै जनाएका समेत छन् । ‘यति गौरबशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक सुद्धिकरण र सुदृढिकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुई मत नहोला ।’ भनेका छन् ।
उनले पत्रकार विराट अनुपमलाई तोकेरै चाटुकार, पत्रुकार जस्ता शब्द प्रयोग गरेका थिए । जारी विज्ञप्तिमा मेयर चौधरीले आफुले बोलेको शब्द र १ करोड खर्च गरेर नाकको हड्डी भाँच्ने कुराप्रति माफि नै मागेका छैनन् । आवेशमा बोलेको भन्दै शब्द फिर्ता लिएको मात्र बताएका छन् ।
उनले भ्रष्टाचार विरुद्धको शुन्य शहनशीलताको अभियानमा सञ्चार क्षेत्रले सहयोग गर्नुपर्ने भनेका छन् । त्यसका लागि उपमहानगरपालिका पनि सहकार्य गर्न तयार रहेको र प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको जनाएका छन् ।
पत्रकार विराट अनुपमसँगको विवाद अगाडी इटहरी खानेपानी समितिको विषयमा एक पत्रकारलाई उनले सार्वजनिक स्थलमा लोपारी दिएका थिए । त्य अघि उनले आफ्नै कार्यकक्षमा कर्मचारीलाई झापड हानेका थिए ।