राप्रपाले हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि मेची महाकाली यात्रा गर्ने

माघ २१, काठमाडौं । दुई दिन देखि राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले आगामी फागुन ७ गतेदेखि हिन्दु राष्ट्र पुर्नस्थापना लगायतमा माग राखि देश ब्यापी जन संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । 

राप्रपाको आज सम्पन्न बैठकले फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री र प्रदेशमा मुख्य मन्त्री र जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । 

राप्रपाले सनातन हिन्दु राष्ट्र पुर्नस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, महिला विरुद्धको हिंसा, जातिय विभेद र छुवाछुत अन्त्यको माग गर्दै फागुन १५ गतेदेखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समेत गर्ने भएको छ । राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै फागुन १५ गतेदेखि ३० गतेसम्म मेचीको ताप्लेजुङ देखि महाकालीको कञ्चनपुर हुँदै काठमाडौंसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने बताएको छ । 

null

 

इतिहासमै पहिलो पटक देश टुक्राउने विखण्डनकारी शक्तिहरु सतहमा देखिएको बताएको छ । तराईमा यस्ता शक्तिहरुले अराजकता सृजना गर्ने संभावना बढेको दावि गर्दै राप्रपाले राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलताका सन्दर्भमा सरकारलाई गम्भिर बन्न समेत आग्रह गरेको छ । 

यसैगरी राप्रपाले पछिल्लो समय जवरजस्ती धर्म परिवर्तन भइरहेको प्रति चिन्ता ब्यक्त गर्दै धर्म निरपेक्षताको आडमा लोभ, लालच, प्रलोभन र भ्रम सृजना गरी संगठित र योजनाबद्ध रुपमा धर्मपरिवर्तन गराउने काम भइरहेको बताएको छ । साथै धर्म परिवर्तन गराउने संस्था धर्म प्रचारकलाई राज्य र सत्तारुढ दलको संरक्षण समेत रहेको आरोप लगाएको छ । 

राप्रपाले धर्मपरिवर्तको गतिलाई निश्तेज गर्न देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन सरकारसँग माग गरेको छ । यसैगरी गैरकानसनी रुपमा विदेशमा नेपालको धन लुकाउने, वाइडवडी जहाज प्रकरण, ३३ केजी सुन काण्ड, एनसेल करछली प्रकरण, बुढिगण्डकी आयोजना काण्ड लगायतमा यथार्थ छानविन गर्न, अबैध सम्पत्ति जफथ गर्न र दोषीलाई कडा कारवाही गर्न समेत माग गरेको छ ।  

साथै राप्रपाले देशमा रहेका राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा हिन्दु राष्ट्र र राजसंस्था प्रति प्रतिबद्ध समान विचार भएकालाई राप्रपासँग एकताका लागि आहन समेत गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *