‘प्रधानमन्त्रीको भ्रमण दुवै देशको हितमा छ, विरोध गर्नु पूर्वाग्रही’ : हिरण्यलाल श्रेष्ठ

बैशाख २४, काठमाडौं । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले भियतनाम र कम्बोडिया दुवै देशसँग नेपालको पूरानो र प्राचिन सम्बन्ध भएकोले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी र सफल हुने विश्वास दिलाएका छन् । 

उनले मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बाेल्दै वैशाखी–डेमा प्रधानमन्त्रीले मुख्य वक्ताको रुपमा बोल्ने कार्यक्रम रहेकोले उक्त सम्मेलनमार्फत ग्लोवल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रर्वद्धन गर्न पनि ‘माईल–स्टोन’ हुने श्रेष्ठको दाबी छ । 

त्यस्तै, सांस्कृतिक उपलब्धि हाँसिल गर्न पनि भ्रमण फलदायी हुने उनले विश्वास दिलाए । भियतनाम र कम्बोडियाका पर्यटकहरु नेपाल भित्र्याउनको लागि भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास दिलाए । 

null

श्रेष्ठले विश्व बुद्धिष्ट पर्यटनमा पनि प्रधानमन्त्री ओलीको भ्रमणले नयाँ आयाम थप्ने स्पष्ट पारे । भियतनामले वाटरवेज र रेलवेजमा पनि धेरै ठूलो विकास गरेको उनले सुनाए ।  

प्रधानमन्त्रीको यो भ्रमणले दुवै मुलुकसँग नयाँ–नयाँ सम्भावनाको द्धार खोल्नेपनि उनको दाबी छ । प्रधानमन्त्रीको भ्रमणको विरोध गर्नु पूर्वाग्रही भएको पनि उनले आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीको भ्रमण दुवै देशको हितमा छ । विरोध गर्नु गलत हो ।’ यद्धपी प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले जनतालाई सुस्पष्टसँग यसको महत्वको बारेमा नभनेकोमा उनले गुनासो पोखे । 

उनले भने,‘सरकारले भ्रमणको औचित्यको बारेमा जनतालाई स्पष्टसँग भन्नुपर्दथ्यो । त्यसमा कमी देखियो ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *