नेपाल पत्रकार महासङ्घको टिम फाइनलमा

 

माघ १६, धरान । आउँदो माघ २६ गतेबाट सुनसरीको धरानमा हुन लागेको २१ औं आमन्त्रण बुढासुब्बा गोल्डकपको प्रवद्र्धनका लागी गत माघ १२ गतेबाट सुरु गरिएको बुढासुब्बा गोल्डकप प्रवद्र्धन कपमा नेपाल पत्रकार महासङ्घ सुनसरीको टिम विजयी भएको छ । 

एन्फा एकेडेमीको खेल मैदानमा भएको बुधबारको खेलमा महासङ्घको टिमले एरिया कोअर्डिनेट कमिटी (एसीसी) लाई ६–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । 

null

महासङ्घबाट धिरेन लिम्बूले ह्याट्रिक गर्दा सनम लिम्बूले दुई र दिलिप लिम्बूले एक गोल गरेका थिए । 

पहिलो हाफमा सनम लिम्बूले खाता खोले भने दोस्रो हाफमा महासङ्घको टिमले दबावमा राख्दै गोलको वर्षा गरेका थिए । खेलको म्यान अफ दी म्याच महासङ्घका धिरेन लिम्बू घोषित भए । उनले नगद ५ सय रुपैयाँ सहित मेडल प्राप्त गरेका छन् । 

गत माघ १२ गतेदेखि जारी प्रतियोगितामा ८ वटा टिमका् सहभागिता रहेको थियो । अब भने पत्रकार महासङ्घको टिम आयोजक धरान फुटबल क्लब र धरान उपमहानगरपालिकाको टिम बीच शुक्रबार उपाधिका लागि भिडन्त हुनेछ । 

प्रवद्र्धन कपमा विजेताले नगद ३० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *