वडाध्यक्षमाथि कुटपिट

कात्तिक, १७ दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । 

कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पुर्याइएकामा थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार रेग्मीमाथि कुटपिट गरेको आशङ्कामा चार जनालाई पक्राउ गरिएको र सो घटनाबारे अनुसन्धान भइरहेको छ । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *