मुगुमा झाडापखालाका बिरामी बढे

मुगु, साउन ५ । वर्षाको मौसम सुरु भएसँंगै अस्पतालमा आउने झाडा पखालाका बिरामीको संख्या बढेको जिल्ला अस्पताल मुगुले जनाएको छ । वर्षाको समयमा खानेपानीको मुहान दुषित हुने, सडे–गलेका फलफूल तथा बासी खानाका कारण झाडा पखालाको प्रकोप देखा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला अस्पताल आउने पखालाका बिरामी मध्ये अधिकांश बालबालिका रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जितेन्द्र कडेंलले जानकारी दिनुभयो । वर्षाका समयमा सम्भावित झाडापखालाको महामारी रोक्न स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राखेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *