सर्प देखाएर परिवार पाल्दै महेन्द्र नटं
साउन १३, धरान । भारत राजस्थानका ६५ वर्षीय अभिषेक नटं दैनिक सर्प देखाउने काम गरेरै आफ्नो परिवार पाल्दै आएका छन् ।
सन १९५४ सालमा भारत राजस्थानको जयपुर गाउमा जन्मेका अभिषेक नट कुनै पनि समयमा जुनसुकै काम पनि गर्न तयार रहेको बताउँछन् ।
null
मेहनत ‘मजदुरी र काम गरी कमाएको पैसाले ५ जनाको पेट पाल्दै आएको छु,’ उनले भने । उनको १४ वर्षीय छोरा, श्रीमती, आमाबुवा, बहिनी र एक बुहारी पनि छ ।
उनका छोरा कृष्ण कुमारको पढाइ खर्च, समेत धान्दै आएको उनले गर्वसाथ सुनाए । वृद्ध नटंले भने, उनले सर्प देखाएरै दैनिक हजारौ कमाउँछन ।’ यसै क्रममा गएको शुक्रबार सुनसरीको धरानमा पनि सर्प देखाएरै सयौ कमाए उनले ।
छोरोको विद्यालय समय बाहेक पनि सर्प देखाउने कार्यक्रमा उनलाई सघाउँदै आएका छन् । सम्पत्तिको नाममा परिवार मात्र रहेको बताउँदै उनले भने, ‘त्यही भएर सकेसम्मको काम गर्न सकेको छु ।’
सर्प देखाउने र पायो भने ज्याला मजदुरी गरेरै परिवारको मुखमा माड लाग्न पाएको बताउँदै नटले भने, ‘सुकुम्बासी परियो, काम नगरेर के गर्नू ? ’आफनो पुख्यौली पेशा पनि भएकाले यस्तो काम गर्नु परेको उनले बताए
सर्प देखाउने ज्यालामजदुरी सँगै उनको अर्को भरपार्दो आर्थिक सहारा भनेको, साथी भाई । छोरा छोरी, श्रीमती सबैले आ आफनौ स्थानमा गएर सर्प देखाउने गरेको उनी सुनाउछन ।
उनले यसरी नै मासिक रुपमा ३ हजार रुपैयाँ कमाउछन र घर चलाउछन । सर्प देखाएर गरी खाने पेशाले उनलाई बाँच्न सजिलो भएको छ, हँसिलो मुद्रामा उनले भने काम नगरी खान पाइँदैन, आफ्नो दुःख अरूलाई सुनाएर के पाइन्छ ? उनले दिक्दारी व्यक्त गरे ।
मेलामा जाँदा गत साता मात्रै उनले लाखौ कमाएको उनुभव पनि सुनाए उनले भने सर्प मेरो जीनव हो मैलै हजारौ सर्प पक्रेर काम गरे । बेलाबेला आफुलाई सर्पल टोकेको पनि खुट्टामा दाग देखाउँदै उनले भने । नेटुवा जाति लोपोन्मुख जातिको सूचीमा पर्ने गरेको छ । गरिब विपन्न भएर जन्मनु नै हाम्रो जातिको दोष भयो ।’उनले दुखी हुदै भने ।
आफूहरूको बाँच्ने आधार सर्प भएको अर्का एक सर्प देखाउने महेन्द्र नटले सुनाए । सर्प नचाएर उनीहरूले जीविका चलाउँदै आएका उनले भने । आफनो ‘एक हात जग्गा जमिन छैन, आफूले के खाने र सर्पलाई के खुवाउने ?,’ उनले भने, ‘सर्पलाई खुवाइ एन भने ऊ मात्रै होइन, हाम्रो पनि बाँच्ने आधार सकिन्छ ।’
सर्पलाई खुवाउने आहार जुटाउन नै आफुहरु यसरी गाउँ गाउँ धाउन थालेको महेन्द्रले भने हाल उनीहरुले सर्पलाई खुवाउने आहार जुटाउन नसक्दा उनीहरूको पेसा पनि संकट पर्न लागेको पनि उनको भनाई थियो ।
नेटुवा जाति अल्पसंख्यकको सूचीमा नपर्दा मर्कामा परेको उनले गुनासो गरे । अल्पसंख्यकको सूचीमा नपरेकै कारण उनीहरूले राज्यबाट प्रदान गरिने सुविधा पाउन सकेका छैनन।
चरम गरिबीका कारण खान लाउन, लुगाफाटोको समस्या उस्तै छ । उनीहरूसँग रासन कार्ड बाहेक केही छैन । दिनदिनै उनीहरूलाई चुलोचौको र बासकै पिरलो हुन्छ । वर्षामा रातभरि ओत लाग्न अन्यत्र जानुपर्ने महेन्द्र नेटुवाले बताए ।
नेटुवाको मुख्य पेसा सर्प नचाएर जीविकोपार्जन गर्नु हो । सर्प उनीहरू समातेर राख्छन । गाउँ सहर बजारमा त्यही देखाएर, नचाएर अन्नपात, पैसा संकलन गरेर चुलोचौको बाल्छन । महिलाहरू भने गाउँगाउँ गएर अन्नपात मागेर घरगर्जो टार्छन । नेटुवाले सिकारी कुकुर पाल्छन । त्यही कुकुरले स्याल, बिरालो र सर्पको सिकार गर्छन । कहींकतै विषालु सर्प समात्न परे पनि नेटुवा जातिका मानिसलाई नै गुहार लगाइन्छ ।
उनीहरूमा विषालु सर्प समात्ने राम्रो कला हुन्छ । विषालु सर्पको दाँत निकालेर प्रदर्शनीका लागि सहर बजार लैजान्छन । ‘अचेल भारत, नेपाल लगायतका शहरहरुमा नियम–कानुन कडा आएको छ, कुनै जीवजन्तु मार्न हुँदैन,’ महेन्द्रले भने , ‘पुर्ख्यौली पेसा धान्नै धौं–धौं भयो ।’ राम्ररी स्याहार सुसार नगर्दा धेरै सर्प मरिरहेकाले आफना जीवन पनि मरणको दोधारमा रहेको बताए ।
त्यसले आफूहरूको जीवन नै कष्टकर भएको उनको गुनासो छ । गरिबीका कारण कतिपय नेटुवाका बालबालिका विद्यालय जाँदैनन । भारतमा अल्पसंख्यक जातिमा सूचीकृत पत्थरकट्टाले मासिक २ हजार सामाजिक सुरक्षा भत्ता बुझ्छन । जन्मनासाथ उनीहरूले भत्ता पाउँछन । तर, त्यसभन्दा तल्लो जाति मानिने नेटुवाले त्यो सुविधा नपाएको महेन्द्रको नटवाले बताए ।