नमो बुद्धको सेरोफेरोमा ( संस्मरण )
सधैँ एकनासले बित्ने जीवन के जीवन ? घडीको लङ्गुरजस्तो घर अफिस घर अफिस गर्दै बित्ने जीवनमा एकै क्षण । एकै दिनका लागि भए पनि बेलाबेलामा परिवर्तन हुनुपर्ने रहेछ र यस्तो परिवर्तनले अरू दिनलाई उत्साहपूर्वक काम गर्न उर्जा दिनेरहेछ । यसैले केही दिनदेखि हामी केही सहकर्मीहरू मिलेर बनभोज कार्यक्रम मनाउने निधो गरिरहेका थियौँ । चाँडै नै जाने भन्दै थियौँ ।
तर जाने कहाँ त ? साथीहरूको कता जाने चाहना थियो मलाई थाहा थिएन । म चाहिँ नदेखेको र नपुगेको ठाउँ देख्न चाहन्थेँ । कवि शेलीले नसुनेका गीतहरू सुनेभन्दा धेरै मीठा हुन्छन् (Unheard melodies are sweeten than heard ones) भने झैँ अविदितको आकर्षण नै बेग्लै हुन्छ । सुनिएको तर नदेखिएकाले सधैँ इशारा गर्दै बोलाइरहेको हुन्छ । नभन्दै यसपटक धेरैसँग मेरो पनि मत मिलेछ, नमो बुद्ध जान सबैको इच्छा रहेछ ।
प्रकृतिको काखबाट मानिस जति टाढा भाग्न खोजे पनि आनन्दको गहिराइमा पुग्न प्रकृतिकै साथ चाहिन्छ । यसैले यस्तो बनभोजको (शब्दबाट अर्थ व्यक्तिन्छ) कार्यक्रम प्रायः प्रकृतिको सुन्दर काखमा मनाइने गरिन्छ र नमोबुद्ध पनि यस्तै प्रकृतिको काखमा अवस्थित रहेछ । केही सहकर्मीहरू मिलेर खाना खजाना, सवारी साधन आदिको बन्दोबस्त भएपछि भोलि सात बजे नयाँ बानेश्वर चोकमा सबैजना जम्मा हुने भन्ने निश्चय गरियो । म चाहिँ उक्त भोजमा जाने नजाने दोधारमा थिएँ । कुलदीप गिरी र सी. पी. फुँयालजीले नआई हुन्न ।
‘बुद्ध धर्मको सार संक्षेप बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी र संघम् शरणम् गच्छामी नै हैन र ?’
हामी फोन गरीगरी बोलाउँछौँ भन्नु भएको थियो तर भोलिपल्ट झण्डै आठ बजेसम्म पनि फोन आएन बरु छोरीहरूले जानै पर्छ नदेखेको र नपुगेको ठाउँ जानैपर्छ भनेर कर गर्न लागेपछि लौ त जान्छु भनेर तयार भएँ र सी. पी. फुँयालजीलाई फोन गरेँ । “अहो ! तपार्इँलाई नै कुरिरहेका छौँ । लौ आउनुहोस्” भन्नु भयो । तर पुगेपछि थाहा पाएँ आफूले रिजर्भ गरेको माइक्रोबस सानो भएछ ।
करिब पाँच छ जनालाई सिट नपुगेर धुलिखेल जाने बस कुरिरहनु भएको रहेछ । खास मलाई कुरिएको अथवा बसलाई कुरेको त्यो चाहिँ थाहा पाइनँ तर भेट भयो यही ठूलो कुरा भयो । खचाखच भरिएको एउटा लोकल बसमा बल्लबल्ल छि¥यौँ र उभिएरै भए पनि जान मञ्जुर ग¥यौँ । सवारी साधनको अत्याधिक चाप हुने रोग आजकाल काठमाडौँलाई पनि लागेको छ । त्यसैले झण्डै नौ बजेतिर चढेको बसले एघार बजेतिर धुलिखेल चोकमा पु¥यायो ।
त्यहाँबाट फेरि नमो बुद्ध जाने बस पाउन झन् गाह्रो रहेछ । भोक र प्यासले हामीलाई सताइसक्यो । अरू कुनै उपाए नपाएर उही रिजर्भ गरेको माइक्रोबसलाई लिन आउन फोन ग¥यौँ । धुलिखेलबाट टाढै रहेछ । त्यसैले अहिले आउला छैन, भरे आउला छैन । साथीहरूमा रमाइलो गफ पनि चल्न लाग्यो । “हाम्रो भाग मासु यही छ । सिग्नेचर (मदिरा) पनि यही छ । यतै कतै मासु पकाएर खाऊँ, पिऊँ र जाऊँ ।” बल्लबल्ल बस आयो । हामी त्यहाँ झण्डै दुई बजेतिर पो पुग्यौँ । चिया चमेना सबै सकिएछ ।
च्यूरा, आलु, अचार र भटमास साँधेको रहेछ । मासु खानेलाई थप मासु रहेछ । पकाउनेहरू पकाउनतिर लाग्नुभयो, पिउनेहरू पिउनतिर । जीवनको मस्ती भन्नु नै मासु परिकारसँग पिउन पाउनु पर्छ भन्ने धेरैको अभिमत हुनेरहेछ अझ कुलदीप गिरीजी त भाटा उचालेर खुकुरीको अभिनय गर्दै आफैँले यसरी खसी काटेर खान नपाएको पिकनिक त के पिकनिक भन्ने गर्नुहुन्थ्यो । साँच्चि नै त्यसै गर्न खसी डो¥याएर लैजाने हो कि भन्ने डरले म सिरिङ्ग हुन्थेँ र नजाने निश्चय पनि यसैले गरेकी थिएँ । आनन्दको चरमोत्कर्ष भोग्ने तरिका पनि सबैका आ–आफ्नै हुनेरहेछन् । पिउने र त्यसरी चपाउने कुरामा मैले कसैलाई साथ दिन सकेकी छैन जसको परिणाम जहाँ पनि म एक्ली एक्ली हुन्थेँ ।
यसपटक भने अर्की एउटी साथी मजस्तै पाएँ, अम्बिका । अनि नपिउनेमा पनि अरू दुई जना हुनु भएकोले झन् सजिलो भयो । नमोबुद्ध वरिपरिको वातावरण अति रमाइलो रहेछ । अग्ला सल्लै सल्लाका रुख अनि गह्रै गह्रा परेका खेतको विशाल फाँट । गहूँ तोरी आदिले हरियो देखिएको उक्त फाँट देख्दा लाग्यो यस्तै सुन्दर वस्तीमा एउटा सानो झुपडीमा बस्न पाइयोस् । वरिपरि रुखको घेरा होस् । फूलबारी होस्, खेतबारी होस्, ताजा सागसब्जी, फलफुल खान पाइयोस् ।
अहो ! यो त मेरो निम्तो रहर मात्र हो । यथार्थले यस्ता काल्पनिक रहरलाई सधैँ माथ गरेको हुन्छ । एक त्यान्द्रो घाँस उखेल्न नसक्ने, एक चपरी माटो पल्टाउन नसक्नेले प्रकृतिको काखमा आफ्नो जीवन बिताउने चाहना गर्नु यो भन्दा मुख्र्याईँ अरू के होला ?आलु अचारसँग चिउरा फक्याएर मोहन घिमिरेजी र म गुम्बा हेर्न गयौँ । अहा ! यस्ता गुम्बाहरू त जीवनमा पाएसम्म हेर्नैपर्ने रहेछ । सिङ्गो एउटा डाँडोलाई अलादिनको जादुगरले जस्तै गरेर गुम्बा बनाइएको रहेछ । एकछिन पछि म अवाक् हुन्छु । कति वर्षको योजना होला त्यो ?
कति कामदारहरूले कति व्यारेल पसिना बगाए होलान् ? सिङ्गो डाँडोलाई, गरा–गरामा विभाजित डाँडोलाई कतै केही नबिगारेर थपक्क गुम्बा बनाउनु सजिलो काम थिएन त्यो । सिंडीहरू उक्लँदै उक्लँदै गयौँ । मानेहरू घुमाउँदै गयौँ । “मेमे, पेमे, हुम्बा को अर्थ बुझे पनि नबुझे पनि गुनगुनाउँदै गयौँ । तिब्बती शैलीमा निर्माण गरिएको उक्त गुम्बा देख्दा झट्ट दलाइ लामालाई पनि संझेँ । उनले आफ्ना शिष्यहरूलाई भनेका छन् रे, “तिमीहरू जहाँ जान्छौ, गुम्बा बनाउन नबिर्सनु है ।” नभन्दै काडमाडौँ उपत्यकामा पनि यस्ता गुम्बाहरू थुप्रै छन् । हाम्रा हिन्दु मन्दिर उक्त गुम्बाको अगाडि साँच्चि नै निरीह देखिन्छन् । नेपालीहरूका राष्ट्रिय देवता, हिन्दुहरूका आराध्यदेव देवाधिदेव महादेव श्री पशुपतिनाथको मन्दिर उक्त गुम्बाको अगाडि हात्तीको अगाडि भुसुनाजस्तै देखिन्छ ।
बहिरी रंगरोगनदेखिनै गुम्बाको भव्यता र बैभव प्रदर्शन गरिरहेको देखिन्छ । सिंढीहरू उक्लँदै गएपछि बिशाल कक्ष देखिन्छ । शान्त स्निग्ध वातावरणमा कलेजी रङ्गको पोशाक लगाएका लामाहरू कोही पाठ गरिरहेका थिए । कोही बाजा बेला बेलामा बजाइरहेका थिए । पहिले त म अकमक्क परेँ उक्त कक्षभित्र पस्न हुन्छ कि हुन्न । त्यही बेला नजिकै उभिरहेका टिव्बतिएन भाइलाई भित्र पस्न सकिन्छ कि सोध्दा उनले हुन्छ तर फोटो खिच्न हुन्न भने । हामी तीनै जना भित्र पस्यौँ । चौंरी गाईको घ्यूमा दीयो बलिरहेको छ । दायाँ बायाँ तीन तीन जना र बीचमा शाक्यमुनि बुद्धको ध्यानमग्न विशाल प्रतिमा छ । सगुण, सशीम र शान्त मुद्रामा ती प्रतिमाहरू देख्दा संसारको नश्वरता र असुरताको व्याख्या गर्दै निवृत्त मार्ग अवलम्बन गर्न सन्देश दिइरहेझैँ लाग्यो ।
केही पर्यटकहरू त्यही बसेर ध्यान गरिरहेका थिए । साँच्चि नै शान्ति अथवा सुख भन्नु भक्ति भावपूर्ण मनको एकाग्रतामा प्राप्त हुनेरहेछ । भक्ति भावना नैतिक, आध्यात्मिक र सामाजिक उन्नयनको अति शक्तिशाली स्रोत रहेछ । यसले जति प्रदेश, अवस्था सबैको सीमा पार गर्ने रहेछ । यसैले होला त्यहाँ केवल बौद्धमार्गी नेपाली अथवा अन्य मात्र छैनन् । देश विदेशका विभिन्न जात जाति र धर्मका नर नारी पनि शुभ्र शान्त मुद्रामा भगवानको आराधना गर्दै थिए । त्यहाँ पुग्ने सबैको मस्तिष्क झुकेको देखेँ । उल्फुल्ल मुहारमा परमतत्वको दर्शन पाए झैँ परमानन्द छाएको देखेँ । ईश्वरीय भावना कुनै पनि समाज र संस्कृतिको नशा नशामा रक्त प्रवाहसँगै प्रवाहित भैरहन्छ ।
यसैले होला भक्ति माधुरीमा रमेर एक फ्रान्सेली “ओम मणि पद्मे” भन्दै माला जप्दै थिए । उनी भक्ति भावमा चुर्लुम्म डुबेका थिए । भक्ति भन्नु नै मनको आँखाले देख्नु हैन र ? भवः दुःखबाट त्राण पाउन खोजिएको मार्ग हैन र ? श्रद्धा प्रेम र विश्वासको मार्ग हो भक्ति । नमो बुद्धको वातावरणले सबैलाई ईश्वरानुरागी बन र जीवनलाई नयाँ आधार देऊ भने झैँ लाग्यो । भगवान हाम्रो हृदयद्वारको छेउमा उभिएका हुन्छन् र हामीले उक्त द्वार नखोलेसम्म पर्खिरहन्छन् ।
हामीले खोल्नु मात्र पर्छ, उनी पसिहाल्छन् । बोलाइरहनु पर्दैन पर्खिरहनु पर्दैन भन्छन् भक्तजनहरू । नमोबुद्ध गुम्बामा दिनको दुई पटक अर्थात् बिहान ७ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म त्यहाँका लामाहरूले पाठ पूजा गर्ने रहेछन् । पाठ शायद पाली भाषामा गरिएको हुनाले होला, मैले केही बुझ्न सकिन । परन्तु प्रार्थना जुन भाषामा गरिए पनि उक्त प्रार्थनाको सारतत्व उही भवसागरको भीषणता, साथी संगातिको स्वार्थ लिप्सा र चिन्तनधाराबाट मुक्त बन्ने प्रयास जस्तो लाग्यो । बुद्ध धर्मको सार संक्षेप बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी र संघम् शरणम् गच्छामी नै हैन र ?
नमोबुद्धको बनश्री, हराभरा प्रकृतिश्री अनि क्षितिजमा टल्किने सेता हिमालश्रीको रमणिय वातावरणमा हामी पनि मुग्ध भयौँ । बनश्रीमा विभिन्न पशुपंक्षीका परिवारको सुन्दर वस्ती छ । प्रेम, सद्भाव र समन्वय छ । त्यहाँका काग मैले काठमाडौँमा देखेका भन्दा भिन्न चिल्ला काला राम्रा लागे । साँच्चि नै जीवन सुख चाहन्छ । आदर्श बाटोमा हिँड्न चाहन्छ । आदर्श माटो चाहन्छ । सबै जीवले यही मूलबाटो हिँड्न खोज्छ तर यस्तो चाहँदा चाहँदै पनि बाटो पत्ता लाग्न नसकेर मन बरालिन्छ । शान्तिको नाममा आदर्शको नाममा हत्या, हिंसा र युद्ध रोजिन्छ । आगो र पानीबाट अभिषप्त भएको छ यो जीवन ।
भौतिक प्रलोभनको सम्मोहन यति विस्तारित हुँदै जान्छ कि सुरुमा यो दिव्य स्वरुप लिएर हाम्रो मानसभूमिमा आउँछ । त्यसले हाम्रो दृष्टि नै रनभुल्लमा पर्दछ । प्रलोभन कहिले स्थिर नहुने रहेछ । एकपछि अर्को अर्को गर्दै थपिँदै जान्छ । बुद्धका विभिन्न उपदेश मध्येका हिंसा नगर पनि एक हो । तर ती बौद्धमार्गीहरू पनि सर्वभक्षी र मांसभक्षी भएको देखेर अचम्म लाग्यो । शायद बुद्धले आफ्नो दानपात्रमा जसले जे हालिदिन्छन् सोही खानु पर्छ भन्ने अभिव्यक्ति दिएको हो कि ? तर त्यहाँका ती लामाहरूलाई माग्दै हिँड्नु परेको छैन ।
खान, लाउन र पढ्न सबै सुविधा पाएका छन् । नेपाली, अंग्रेजी भाषा, साहित्य पनि पढ्न पाउने रहेछन् । तैपनि किन हो कुन्नि मासु खान पल्केका छन् । आत्मसंकल्प बिना भौतिकताको त्याग अर्थ विहिन हुन्छ । हाम्रो तृप्ति तृष्णामा बदलिरहन्छन् । हाम्रो अन्तःचेतनाबाट हामीलाई सधैँ टाढा पु¥याइरहेको हुन्छ ।
हामीले बुझ्न र लिन सक्नुपर्छ भगवान हामीमा, ममा ओतप्रोत छन् भन्ने तथ्य (I live yet not I but God in me) अनि यसलाई साकार बनाउन जीवन सत्यमय र ईश्वरमय बनाउन सधैँ प्रयत्नशील हुनुपर्ने रहेछ । सदाचार आध्यात्मिक जीवनको भूमि हो । नमोबुद्धको प्राङ्गणमा पुग्ने बित्तिकै मानववृत्ति अनायासै सात्विक हुनुपर्ने जस्तो लाग्यो । त्यहाँ बुद्धत्व व्याप्त भएको, सच्चिदानन्द र सत्य संकल्पित भए झैँ लाग्ने रहेछ । त्यहाँ माग्नेहरू पनि देखिएनन् । मात्र दुईटा साना नानीहरूले कपी किन्न पैसा दिनोस् न भने । म छक्क परेँ, तिनीहरूको माग्ने कला सुनेर । मैले कति कक्षामा पढ्छौ भनी सोध्दा ती नाजवाफ भए ।
सप्त बुद्ध अर्थात् सप्त तथागत विपश्वी बुद्ध Who has Insight शिखी बुद्ध Having Crown Protrudence बुद्ध All Protecting, sqm’R5Gb a’4 Destroyer of Cycle Existence, sgs a’4 Golden Sage, कनक बुद्ध Protecting with Light,शाक्यमुनि बुद्ध Shakyamuni Buddha शाक्यमुनि बुद्ध क्जबपथबmगलष् द्यगममजब का प्रतिमामा पवित्रता व्याप्त थियो । त्यागले प्रज्ज्वलित माधुर्यले परिपूर्ण, ज्ञानले अलङ्कृत मात्र हैन करुणामय स्वभावदीप प्रज्ज्वलित भइरहेको थियो । मानवीय संस्कृतिको आरती हो दीप, तमसोमा ज्योतिर्गमय । कमलासनमा विराजमान बुद्धको प्रतिमाले विकृतिबाट पनि सुकृति लिएर विकसित हुन सकिन्छ भन्ने संकेत दिइरहेको छ । तर यही बेला मैले झल्याँस्स संझेँ, गौतमलाई बुद्ध बनाउने मायादेवी अथवा प्रजापति गौतमी अथवा यशोधरा (गोपा) को प्रतिमा खोइ त ? भनिन्छ बुद्ध गृहत्याग गर्ने बेलामा यशोधराले धेरै सहयोग गरेकी थिइन् ।
अघिल्लो दिनमै उनले छन्दक (घोडा) र सइसलाई ठिक गरिदिएकी थिइन् । यशोधरालाई थाहा थियो सांसारिक सुख हिरण्यमय मृगको रूपमा हामीलाई लखेटिरहेको हुन्छ । झुक्याउन र ठग्न खोजिरहेको हुन्छ । जसले जे भने पनि जुनसुकै अवस्थामा पनि नारीको अवदान महनीय हुन्छ । दीयो बालेको देखिन्छ तर दीयोलाई तोरी पेलिए झैँ पेलिएर कोल हाल्ने हात देखिन्छ । बौद्ध धर्मावलम्बीहरू पनि यस्तै रहेछन् कि ? कुनै पनि गुम्बामा यशोधरालाई पूजनीय स्थानमा राखेको मैले देखेकी छैन । वृहत गुरुयोजना भएको लुम्बिनीको चाहिँ कुरा छोडौँ नत्र अन्य स्थानमा बुद्धसँग मायादेवी अथवा यशोधरा कोही देखिन्न ।
शायद नारीबाट परै बस्नुपर्छ भन्ने बौद्ध धर्मावलम्बीहरूको सिद्धान्त नै यस्तै रहेछ कि ? गुम्बाको सेरोफेरो घुमेपछि हामी फेरि खाना खान पुग्यौँ । हडबडीमा पिकनिकको आयोजना गरिएकोले होला हामी नपिउने र अन्य प्रकारका खाना नखानेका लागि फल तथा मिठाइको बन्दोवस्त गर्न पनि विर्सिएछ । सबैसँग मिल्न नसक्नेहरू यस्तैमा परिन्छ । यो सामान्य घटना नै हो । दिउँसोको च्यूरा, दही र आलु अनि अचारको खानामै मैले बिट मारें र फर्कने तरखरमा लाग्यौँ हामी केही । एकैचोटी सबैजना हाम्रो रिजर्भ माइक्रोमा नअटाइने भएर बिहानकै जस्तै धुलिखेलमा पुगेर अर्को बसमा आउनु थियो ।
धुलिखेल चोकमा पुग्दा साँझ परिसकेको थियो भोलिपल्टदेखि तीन दिनको लागि नेपाल बन्दको पूर्व सन्ध्या हुनाले त्यसबेला बसहरूको सट्टा मसाल जुलुस पो देखियो । केहीबेर जुलुस हे¥यौँ । अनि केहीबेर कुरेर, केहीबेर हिँडेर बल्ल एउटा बसले बनेपासम्म पु¥याइदियो । बनेपामा पनि काठमाडौँ पुग्ने बस कुनै पनि देखेनौँ । परेन कि फसाद ! कतै कुनै होटल लजमा बसौँ भने पनि ३/३ दिनसम्म कसरी बस्ने ? हिडौँ भने बनेपादेखि हिँडेर काठमाडौँ कहिले आइपुग्ने ?
यस्तै सोच्दै थियौँ त्यही बेला एउटा बसले प्रत्येक यात्रुसँग रु ५० भाडा लिने गरेर काठमाडौँ पु¥याउने जमर्को ग¥यो । बाई बाई नमोबुद्ध ! बाई बाई धुलिखेल ! भन्दै हामी त्यहाँबाट बिदा भयौँ र काठमाडौँतिर लाग्यौँ ।