घुससहित पक्राउ परेका २ सईविरुद्ध अख्तियारले हाल्यो मुद्दा

 

साउन २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशाला, काठमाडौंमा कार्यरत दुई प्रहरी नायव निरीक्षक (सई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

साउन ८ गते सेवाग्राहीसँग १८ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका प्रहरी नायव निरीक्षकद्वय रमेश पाण्डे र राजु स्वर्णकारविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

null

उनीहरुले सार्वजनिक मुद्दा चाँडै मिलाइदिने भन्दै घुस लिएका थिए । 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पाइएकाले सोही बमोजिमको सजायको माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *