यातायात कार्यालय सुकेधाराका प्रमुख र शाखा अधिकृत पक्राउ

काठमाडौं, पुस १३ । घुस लिएको आरोपमा यातायात कार्यालय सुकेधाराका प्रमुख र शाखा अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार कार्यालय प्रमुख सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।

विदेशी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)लाई नविकरण गर्न उनीहरुले सेवाग्रहीबाट ठूलो रकम घुस लिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *