राजधानीमा सुरु भयो गोदावरी पुष्प मेला

कात्तिक १५, काठमाडौँ । ललितपुरको जावलाखेलमा १२ औँ गोदावरी पुष्प मेला सुरु भएको छ । 

गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगात्मक प्रदर्शनीमा ४ सय ५० जातका फूल र बिरुवाको बिक्री वितरण भइरहेको छ । 

प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ संस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गरेको हो। प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे। 

null

तिहार तथा छठलाई लक्षित गरी ललितपुरको जाउलाखेल फुटबल मैदानमा आयोजना गरिएको प्रदर्शनी चार दिनसम्म चल्नेछ । 

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मुल नारा रहेको उक्त प्रदर्शनीमा चार जना पुष्प व्यवयायीहरुलाई नगद शिल्ड तथा प्रमाणपत्रले सम्मानित गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *