मन्त्रीहरू आफैँले बढारे आफ्नो निवास

 

जेठ २६, काठमाडौं । आईतबार बिहान ललितपुरको पुल्चोकस्थित सरकारी निवास परिसरमा अनौठो दृष्य देखियो । 

आइतबार बिहान ललितपुरको पुल्चोकस्थित सरकारी निवास परिसरमा अनौठो दृष्य देखियो । एक समूह हातमा झाडु बोकेर निस्किए । सधैँ झैँ नेपाली सेना तथा, सशस्त्र प्रहरीका जवानहरुले सरसफाइ गर्ने सरकारी निवास परिसरमा आईतबार भने अरु नै कोही थिए । 

null

हातमा झाडु बोकेर परिसरमा बढार्दै गरेकाहरु अरु कोही नभएर त्यही सरकारी निवासमै बस्ने मन्त्रीहरु नै थिए । ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेकोले मन्त्रीहरुसमेत सरसफाइमा उत्रिएका हुन् । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा सरसफाइ गरिएको हो । 

सरसफाइको नेतृत्व कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा पनि बढारिरहेका देखिए । 

यस्तै विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत सरसफाइमा सहभागी थिए । विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाइ गरिएको हो । 

वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्र सरसफाइ गरिएको हो । पुलचोकदेखि सुरु भएकाे सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *