प्रेस युनियन सुनसरीमा पुरी र अधिकारी सर्वसम्मत

कात्तिक १७, इटहरी । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मीद्वय पवन अधिकारी र धनबहादुर पुरी निर्विरोध निर्वाचित भएका छन् । युनियनको आज सम्पन्न आठौं जिल्ला अधिवेशनले अधिकारी र पुरीलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो । 

सहमति अनुसार पहिलो एक वर्ष युनियनको अध्यक्ष धनबहादुर पुरी रहनेछन्, भने त्यसपछिको तीन वर्ष पवनविवस अधिकारीले नेतृत्व गर्नेछन् । युनियन सुनसरीको अन्य सबै कार्यसमिति सदस्यहरु निर्विरोध भएका छन् । कार्यसमितिको उपाध्यक्षमा सञ्जिब वाग्ले र रञ्जना पौडेल रहेका छन् । 

भने, सचिबमा निशान चौधरी सर्वसम्मत भएका छन् । यसैगरी सह–सचिबमा सुप्रिया राई, उषाकिरण घिमिरे र कोषाध्यक्षमा मिकाइल आलम रहेका छन् । यता सदस्यहरुमा बिवेक रेग्मी, जीवन फुँयाल, सम्राट थापा, जितेन्द्र शाह, नबिन पाण्डे, बिरेन्द्र शाह र महिला सदस्यहरुमा कृष्णकला राई, सुस्मिता राई, सपना राई निर्विरोध भएका छन् । अदिबासी जनजाति सदस्यमा श्वेता सरदार र अल्पसंख्यकमा निश्च शर्मा चयन भएका छन् । 

null

गएको बिहिबार सुरु भएको अधिवेशनमा अध्यक्ष पदका लागि पवनविवस अधिकारी र धनबहादुर पुरी बिच सर्वसम्मत गर्ने प्रयास भएकोमा असफल हुँदा आइतबार निर्वाचन गर्ने तयारी भएको थियो । तर, आज दुबैपक्ष बिच कार्यकाल बाँडफाँडमा सहमति भएपनि सर्वसम्मत कार्य समिति चयन गरीएको थियो । निर्वाचित अध्यक्षद्वयले आ–आफ्नो कार्यकालमा संगठनलाई बलियो बनाएर लैजाने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *