विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको ७ औं अधिवेशनको तयारी पूरा

 

जेठ २, काठमाडौं । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा आयोजना गर्ने ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको जनाएको छ । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो जानकारी दिएको हो । 

null

समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले उक्त महासभामा देशका ६० भन्दा बढी जिल्लाबाट सहभागिता रहने स्पष्ट पारे । उनले भने, ‘यो महासभालाई सफल तुल्याउनको लागि सबै ओमकार परिवारको साथ र सहयोगको आवश्यक छ । हामी यही मञ्चबाट महासभालाई भव्य रुपमा सम्पन्न गर्नको लागि अपिल गर्दछौं ।’ 

कार्यक्रममा बैंकेटेश्वर पिठाधिश स्वामी पद्मधराचार्यले सनातन हिन्दू धार्मिक संघसंगठनहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला आइसकेको बताए । उनले हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि अब सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आइसकेको बताए । 

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सनातन हिन्दू धर्म संस्कृतिसँगै वैदिक ज्ञान–विज्ञानको उद्गमस्थल पुण्यभूमि नेपाललाई धर्मनिरपेक्षताको चंगुलबाट छुटाएर सनातन हिन्दू राष्ट्रका रुपमा पुनःस्थापना गर्ने महान उद्देश्य प्राप्तिका लागि यतिवेला नेपालमा रहेका सबै धार्मिक संघसंस्थासहित समस्त ॐ कार परिवारको आपसी सद्भाव एकता र सहकार्यको आवश्यकता छ ।’ 

समितिले आफूहरुको अथक प्रयासद्धारा राष्ट्रिय समिति, बाँसबारी र कलंकीबीच भएका चरणबद्ध एकता वार्ताको निश्कर्षबाट दुवै राष्ट्रिय समिति एकताबद्ध भएर अघि बढ्न सहमत भएको पनि अध्यक्ष अधिकारीले विश्वास दिलाए । 

उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव प्रविण घिमिरेले गरेका थिए । कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले ७ औं महासभाले समितिको नेतृत्व चयन गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *