विलियनले दुई गोल गर्दा चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आइतबार राति  सेफिल्ड वेनस्डेलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सी पाँचौ चरणमा पुगेको हो ।  

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन विलियनले दुई गोल गरे । यस्तै कालुम हुड्सन ओडोईले एक गोल थपे । सेफिल्डविरुद्ध सहज जित निकाल्न चेल्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।  

खेलको २६ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा हुड्सनले गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८३ औं मिनेटमा विलियनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए । 

null

 

अर्को प्रिमियर लिग क्लब टोटेनहम भने एफए कपबाट बाहिरिएको छ ।  क्रिस्टल प्यालेससंग २-० ले पराजित हुँदै टोटेनहम एफए कपबाट बाहिरिएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *