सिटीसँग ४ अंकको अग्रता लियो लिभरपुलले

एजेन्सी । लिभरपुलले ईङ्लिस प्रिमियर लिग फुटबलमा ४ अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली वल्भ्सलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग ४ अंकको अग्रता लिन सफल भएको छ । 

१८ औ मिनेटमा सालाहको गोल मार्फत पाहुना टोली लिभरपुलले अग्रता लिएको थियो । ६८ औ मिनेटमा भर्जिल भेन डाइकले लिभरपुलको अग्रतालाई दोब्बर पारेका थिए ।  

शनिबार राति साबिक विजेता म्यान्चेष्टर सिटीले क्रिस्टल प्यालेससंग प्रतिस्पर्धा गर्दैछ । तर लिभरपुलले नयाँ बर्ष सहित क्रिसमसको दिन शीर्ष स्थानमा रहेर मनाउने पक्का भएको छ । 

null

लिगमा अपराजित लिभरपुल १८ खेलबाट ४८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ४४ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटेनहमको ३९ अंक छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *