घुस,कमिशन खाएको प्रमाण कसैले पत्ता लगाए सांसद पदबाट राजिनामा दिने

पुस ६ कैलाली । कैलाली क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य तथा नेकपाका केन्द्रिय सदस्य सांसद झपट रावलले आफुले घुस,कमिशन खाएको प्रमाण कसैले पत्ता लगाए सांसद पदबाट राजिनामा दिने बताएका छन् । 

आज कैलालीको लम्कीमा पत्रकारहरु संग कुरा गर्दै सांसद रावलले सो कुरा बताएका हुन् । सांसद रावलले संचार तथा मिडिया हाउसलाई सम्मान गर्ने बताउदै केही दिन अघि पत्रिकामा आएको भ्रमात्मक समाचारले आफनो नाम जोडिएको बताउँदै संचार माध्यमलाई सत्य तत्थ छानविन गरी सम्प्रेषण गर्न आग्रह गरे । 

सांसद रावलले रानी जमरा कुलरीया सिचाँई आयोजनाको ट्याक्टर खरिदमा आपनो सहमती भनी एक पत्रिकामा गरीएको प्रचार बाजीप्रति गम्भिर ध्यानाकर्षण भएको बताए । सांसद रावलले आफु रानीजमरा कुलरीया सिचाँई आयोजनाको कुनै पनि समितिमा नहरेको जानकारी गराएका छन् । 

null

उनले व्यतिmगत चरित्र हत्या गर्ने उद्देश्यले आएको समाचारको भ्रममा नपर्न आग्रह गरेका छन् । प्रत्रिकामा समाचार लेखिए बमोजिम समतीको सभापति भन्ने विषयमा सांसद रावलले भने आफु कुनै पनि समितिमा नभएको बताए । देशलाई समृद्धितर्फ लैजाने आफ्नो पहल हुँदाहुँदै कसैले आरोप प्रत्यारोप लगाएर चरित्र हत्या गर्न खोजेमा आफु कुनैपनि हदसम्म लडन तयार रहने बताएका छन् । 

सांसद रावलले देशलाई आमा सरह मान्ने बताउँदै आफुले घुस खान त परै जाओस कसैले घुस खाएको प्रमाण पत्ता लागे नछोडने बताए । उनले आफनो अंग–अंगमा राष्ट्रियता भएकाले आफु कुनैपनि हालतमा देश बिरुद्ध जान नसक्ने जनाए । जनताले आफुलाई देशको विकास गर्न निर्वाचित गरेर पठाएको बताउदै रावलले राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता कहिले गुम्न नदिने बताए । 

पत्रिकामा आएको समाचारको कुनै तथ्य नभएको बताउँदै रावलले आपनो गम्भिर ध्यानकर्षण र आपत्ती प्रकट गरे । रानी जमरा कुलरीया सिचाँई आयोजनाका प्रमुखलाई आफुले नचिनेको भन्दै रावलले दोहोर्याउदै आफुले घुस खाएको प्रमाण ल्याए आफुले लम्की चौराहामा आएर राजीनामा दिने मात्र नभई कटघरामा आफै स्वंयम जाने बताएका थिए । यदि यसको खण्डन नभए आफु अदालत सम्म मात्र नभई प्रेस काउन्सिल, सूचना विभाग सम्म जाने बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *