बेलको ह्याट्रिक, रियल मड्रिड क्लब विश्वकपको फाइनलमा

 

युएईको अबुधाबीस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा बेलले ह्याट्रिक गरेपछि रियलले फाइनलमा स्थान पक्का गरेको हो । काशीमाका शोमा डोईले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । 

एसियन च्याम्पियन जापानिज क्लबविरुद्ध युरोपियन च्याम्पियन रियलले खेलको ४४ औं मिनेटमा बेलको गोलबाट अग्रता बनाएको थियो । खेलको ५३ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । 

null

 

खेलको ५५ औं मिनेटमा बेलले ह्याट्रिक पुरा गर्दा रियल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७८ औं मिनेटमा काशीमाका डोईले एक गोल फर्काएपनि रियलले ३-१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो । 

अब रियलले उपाधिका लागि युएईको क्लब अल इन फुटबल क्लबसंग खेल्नेछ । अल इनले साउथ अमेरिकन च्याम्पियन रिभर प्लेटलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराएर फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *