अध्यादेशको निर्णयपछि पूर्वमाओवादी समूहको छुट्टै बैठक, प्रचण्ड निवासमा भेला

वैशाख ८, काठमाडौं । पार्टी फुटाउन सहज हुने गरी मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्वमाओवादीका सबै मन्त्रीहरु अध्यक्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भेला भएका छन् ।  

आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय भएको थियो । संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको बताइएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव राखेपछि अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार बोलाएका हुन् । त्यहाँ नेकपाका पूर्व माओवादी खेमाका मन्त्रीहरुको छुट्टै बैठक बसेको छ । 

एमालेका कारण हाँस्न सकिरहेका छैनन् ...

पछिल्लो समय प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच दुरी बढेको देखिएको थियो । अध्यादेशको निर्णयले सत्तारूढ नेकपामा दुई अध्यक्षबीच मतभेद चुलिँदै गएको प्रष्ट हुन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *