घरेलुु मैदानमा बार्सिलोना जितबिहिन, मेस्सीले दुुई गोल गर्दै हारबाट जोगाए

एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई गोल गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँगको हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो ।  

घरेलु मैदानमा बार्सिलोनाले २–० ले पछि परेको स्थितिमा उल्ट्याएर बराबरीको नतिजा निकालेको हो । बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनेल मेस्सीले गरे । भ्यालेन्सियाका लागि केभिन गेमेरियो र ड्यानियल पारेजोले गोल गरे । 

 

null

रोड्रिगोको पासमा केभिन गेमेरियोले खेलको २४औं मिनेटमा भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । ३२औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । बार्सिलोनाका सर्जि रोबर्टाेले ड्यानियल वासलाई बक्सभित्र लडाएपछि भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । जसलाई ड्यानियल पारेजोले सदुपयोग गरे । 

३९औं मिनेटमा लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अवस्थामा ल्याए । ६४औं मिनेटमा मेस्सीले आर्टुरो भिडालले पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीसँगै बार्सिलोनाको २२ खेलबाट ५० अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानका एट्लेटिको मड्रिडसँग ६ अंकको अग्रता लिन सफल भएको छ । भ्यालेन्सिया ३० अंक जोडेर सातौ स्थानमा रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *