कांग्रेसको दुई नम्बर प्रदेश स्तरीय भेला, प्रदेश विकासको खाका कोर्न नेताहरुको जोड

“काठमाडौं, साउन ६ । कांग्रेसको दुई नम्बर प्रदेश स्तरीय भेलामा सहभागी अधिकांशले प्रदेश विकासको खाका सहित चुनावमा जानुपर्ने बताएका छन् ।

यसअघि सम्पन्न दूई चरणका स्थानीय चुनावमा भएको हारको कारण खोज्नु पर्ने अबको चुनावमा त्यसलाई दोहोरिन दिन नहुने धारणा छलफलमा सहभागिहरुले राखेको कांग्रेस नेता आनन्द प्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

हिजो देखि जारी भेलामा दुई नम्बर प्रदेशमा कांग्रेसको अवस्थाको बारेमा छलफल भईरहेको छ । छलफलका क्रममा कांग्रेस नेताहरुले एमालेलाई नै दुई नम्बर प्रदेशमा पनि मूख्य प्रतिस्पर्धी ठानेका छन् । तर कांग्रेसको पुरानो पकड भएकाले विकासको खाका सहित प्रचारप्रसारमा जान सके राम्रो प्रभाव पार्न सकिने नेताहरुको विश्लेषण छ । दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद, पार्टी सभापति र क्षेत्रिय सभापति लगायतले चुनावको विषयमा धारणा राखिरहेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *