सिटिजन्स बैंकले दशैंको बिदामा पनि नगद काउन्टर सेवा दिने
असोज १६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वडादशैंका सम्पुूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।
ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बैंकले आश्विन १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको हो ।
बैंकका अनुसार ३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने योजना अन्तर्गत बैंकले विजया दशमीको दिन (आश्विन २१ गते ) काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।
उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउ‘सो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ८० वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए ।