माओवादी केन्द्रिय सचिवालय बैठक आजपनि जारी

” 

काठमाडौं, साउन ६ । दुई चरणको निर्वाचनको समिक्षा र आउँदो निर्वाचनको तयारी लागि माओवादी केन्द्रको केन्द्रिय सचिवालय बैठक बसिरहेको छ ।

जारी बैठकमा बोल्ने अधिकांशले आन्तरिक तयारी नपुगेका कारण पार्टीले सम्पन्न स्थानीय निर्वाचनमा हार बेहोर्नु परेको बताएका छन् । अब तेस्रो चरणको निर्वाचन र प्रदेश तथा संघिय निर्वाचनमा पार्टीलाई बलियो बनाएर लाने विषयमा समेत छलफल भईरहेको छ ।

छलफलमा केन्द्रिय सचिवालय सदस्य र जिल्ला इन्चार्ज समेत सहभागी रहेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *