भुकम्प पीडित र प्रधानमन्त्री रोजगार कार्यक्रमबारे अनुशिक्षण

 

चैत १८, काठमाडौँ । भुकम्प पीडित र प्रधानमन्त्री रोजगार कार्यक्रमका बारे चितवनको खैरहनीमा सरोकारवालाहरुलाई अनुशिक्षण दिइएको छ । 

करिब तीन वर्षअघि गएको भुकम्पबाट पीडित भएकाहरुको गुनासाहरु आउने क्रम नरोकिएपछि उनीहरुको समस्या सम्बोधन गर्न र सरकारले ल्याएको नयाँ कार्यक्रम ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बारे जानकारी गराउन खैरहनी नगरपालिकाले जनप्रतिनिधी र वडा सचिवहरुलाई अनुशिक्षण दिइएको हो । कार्यक्रममा द्वन्द्व पीडितलाई सहायता प्रदान गर्ने सम्बन्धमा समेत छलफल गरिएको थियो । 

null

कार्यक्रमको उद्घाटन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले अब गुनासा नआउने गरी काम गर्नुपर्ने बताए । कतिपय ठाउँमा भावनामा बगेर पनि काम भएको उल्लेख गर्दै मेयर चौधरीले यथार्थमा रहेर विवरण संकलन गर्न आग्रह गरे । 

खैरहनीमा पूर्ण क्षति भएका ५ सय ५९ जनाले रातो कार्ड पाएका छन् । जस मध्ये करिब ३ सय घर निर्माण भइसकेको छ । खैरहनीमा यही चैत १५ गतेदेखि संकलनको काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उनका अनुसार यो कार्य २ महिनामा सम्म सञ्चालन हुनेछ । 

कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका इन्जिनियर प्रविन चौधरीले भुकम्प प्रभावित, आवास पुर्ननिर्माण लगत संकलन सम्बन्धी, रोजगार संयोजक रमेश पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतमशर्माले द्वन्द्व पीडितका सम्वन्धमा सहजीकरण गरेका थिए । 

खैरहनीका मेयर लालमणी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकीय अधिकृत प्रकास पौडेललेकार्यक्रम सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *