बर्न्सको शतकमा इङ्ल्यान्ड लयमा

 

साउन १८ । रोरी बर्न्सको शतकीय प्रहारसँगै एसेज सिरिज र टेस्ट च्याम्पियनसीप अन्तर्गत पहिलो टेस्टको दोस्रो पारीमा घरेलु टोली इङ्ल्यान्ड लयमा देखिएको छ । इङ्ल्यान्डले ९० ओभरमा चार विकेटको क्षतिमा दुई सय ६७ रन बनाएको छ । 

अष्ट्रेलियालाई अलआउट गर्दै पहिलो इनिङ थालेको इङ्ल्यान्डले पहिलो दिन दुई ओभरमा बिना विकेटको क्षतिमा १० रन बनाएको थियो । 

null

दोस्रो दिन १० रनबाट खेल सुरु गरेको इङ्ल्यान्डका लागि खेल रोकिदासम्म बर्न्सले अविजित एक सय २५ रन बनाएका छन् । 

दुई सय ८२ बलमा उक्त रन बनाएका बर्न्सले १६ चौका हाने । आठौं टेस्ट खेलिरहेका बर्न्सको यो पहिलो सतक हो । बर्न्ससँगै वेन स्टोक्स अविजित ३८ रनमा छन् । कप्तान जोय रुट ५७ रन बनाएर आउट भए । जोय डेन्ली १८ र जसोन रोय १० रनमा आउट भए । इङ्ल्यान्ड पहिलो पारीमा अस्ट्रेलियाभन्दा १७ रनले मात्र पछि छ । 

अस्ट्रेलिया पहिलो पारीमा दुई सय ८४ रनमा अलआउट भएको थियो । खराव सुरुवात गरेको अष्ट्रेलियाका लागि स्टिभ स्मिथले उकासेका थिए । स्मिथले दुई सय १९ बलमा एक सय ४४ रन प्रहार गरे । उनले १६ चौका र दुई छक्काको सहयोगमा शतकीय पारी खेलेका थिए । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *