एनएमबी सुलभ इन्भेष्टमेन्टले लाभांश दिँदै

मंसिर ९, काठमाडौं । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ मा लगानी गरेका इकाइ धनीहरुलाई २१.०५२६३ प्रतिशत नगद लाभांश दिन लागेको कम्पनीले जनाएको छ । 

यस म्युचुअल फण्डले गत वर्षको मुनाफाबाट इकाइ धनीहरुलाई उक्त प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । यसै प्रयोजनका लागि सञ्चालक एनएमबी क्यापिटल लिमिटेडले मंसीर १७ गतेलाई बूक क्लोज मिति तय गरेको छ । अर्थात् प्रतिफल पाउन लगानीकर्ताहरुले मंसीर १६ गतेसम्म खरिद गरिसक्नुपर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *