धरानमा अदुवा,बेसारका परिकार बनाउने तालिम सम्पन्न
जेठ १९, धरान । धरान र बराह नगरपालिकाका महिला तथा पुरुष किसानहरुलाई आत्मनिर्भर रहन अदुवा तथा बेसारबाट विभिन्न परिकार बनाउने तालिम दिइएको छ ।
नेपाल सरकार कृषि मन्त्रालय अर्न्तगतको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ अदुवा बेसार जोन सुनसरीको आयोजना तथा कृषी उपज बजार धरान १३ को सहयोगमा तीन दिने सो परिकार बनाउने तालिम तालिम दिइएको हो ।
null
तालिममा कबिता फलफुल तथा प्रशोधन उद्योग धनकुटाकी प्रमुख बिष्णुमाया कन्दङवा लिम्बुले सहभागी कृषकहरुलाई अदुवाबाट जुस, स्कवास, क्याण्डी,जाम, तितौरा, तथा मिक्स अचार बनाउन सिकाएकी थिईन् ।
अदुवाले भाउ नपाएर मर्कामा परेका कृषकलाई राहत र्पुयाउने उद्देश्यले तालिम दिइएको अदुवा, बेसार जोन ईकाईका सुनसरी प्रमुख त्रिपृत नारायण मिश्रले जानले जानकारी दिए ।
तीन दिने तालिममा धरान र बराहक्षेत्रका २० जना महिला तथा पुरुष कृषकहरुको सहभागी रहेको थियो भने सोही कार्यक्रममा कृषि तथा बन बिज्ञान विश्वविद्यालय चितवनका ईन्टर्न विद्यार्थीहरु देबेन्द्र प्रसाद चालिसे र सोनी घिमिरेको उपस्थिती रहेको थियो ।
कार्यक्रम समापनको क्रममा सहभागि धरान २० का पुष्प तामाङ र आरती राईले आफुले सिकेको सिपको सहि सदुपयोग गरि आयआर्जन गर्न अघि बढने बताएका थिए । उनीहरुले साना किसानलाईलाई आय आर्जनको बाटो देखाएरकोले ईकाइ जोनप्रति कृतज्ञता ब्यक्त गरेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ अदुवा बेसार जोन सुनसरीका अध्यक्ष सुदर्शन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधी, पत्रकार लगायत करिब ५० जनाको सहभागि जनाएका थिए ।