राजधानीमै भेटियाे नक्कली हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने उद्याेग

कात्तिक २७, काठमाडौं । काठमाडौं प्रहरी परिसरले चन्द्रागिरी १५ तिनथानमा रहेको ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेकाे छ । 

भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर सञ्चालक बासु प्रसाद विडारी र उनकी धर्मपत्नी ज्योती विडारीसहित कामदारलाई पक्राउ गरेको हो । 

 

null

परिसरका प्रमुख एसएसपी वसन्त लामाले काठमाडौं चन्द्रागिरी १५ तिनथानमा सञ्चालित ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेर ठूलो परिमाणमा स्याम्पो र मसला बरामद गरिएको बताए । 

परिसरका प्रमुख एसएसपी वसन्त लामाले स्वयं उद्याेगमा पुगेका थिए । नेपालमै भारतीय ब्राण्डका नक्कली सामान उत्पादन भएकाे देखेपछि उनी चकित भए । ‘यहाँ मेसिन नै राखेर भारतीय ब्राण्डको नक्कली स्याम्पो र मसला बनाइँदो रहेछ ।’ उनले भने-‘श्रीमान्–श्रीमती र थप दुई कामदारलाई नियन्त्रणमा लिएका छौं,थप अनुसन्धान भईरहेकाे छ ।’ 

परिसरका डिएसपी होविन्द्र बोगटीले कराेडाैं मूल्य बराबरको सामानहरु पनि बरामद भएको बताए । वाेगटीले अवैध रूपमा सञ्चालित नक्कली सामानकाे जालाेलाई हटाउँदै लगिने बताए । 

 

महानगरीय प्रहरी वृत्त थानकाेटका डिएसपी कुमार विक्रम थापा,चन्द्रागिरि नगरपालिका १५ का वडा अध्यक्ष उत्तम वहादुर राउत लगायतले समाजमा हुने अपराधिक गतिविधि विरूद्ध खुलेर लाग्नु पर्ने बताए । 

नक्कली स्याम्पो र मसला उद्योग’ मा प्रहरी सिलबन्दी गरेकाे छ । यसअघि प्रहरीले बालाजुमा रहेको नक्कली गुट्खा उद्योगमा पनि छापा मारेर मुद्दा चलाएको थियो । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *