आजको मौसमः भारी मात्रामा पानी पर्ने सम्भावना

असोज ११, काठमाडौं । आज मुलुकभर भारी मात्रामा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसममा वदलीभई सामान्य तथा भारी मात्रामा पानी पर्ने सम्भावना छ ।   

महाशाखाका अनुसार आज देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

राती भने  देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *