बैदेशीक रोजगारमा जानेका लागि आजदेखि श्रम स्वीकृति बन्द

फागुन ३०, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीका लागि शुक्रबारदेखि श्रम स्वीकृति दिन बन्द गरिएको छ ।   

सरकारले शुक्रबारदेखि बैदेशिक रोजगारमा जानेहरुका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णयगरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । नेपालीहरु जाने मुख्य श्रम गन्तब्य रहेका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि नेपालले तत्कालका लागि श्रम स्वीकृतिमा रोक लगाएको हो। 

यसअघि बिहीबार बसेको उच्चस्तरीय समितिले रोजगारीका लागि जाने सबै नेपालीलाई श्रम स्वीृकति रोक्नु पर्ने निर्णय गरेको थियो। यसअघि कतार, कोरिया र कुवेत जाने नेपालीको मात्रै श्रम स्वीकृति रोकिएको थियो। 

यद्यपी उच्चस्तरीय समितिको निर्णयअघि श्रम स्वीकृति पाइसकेका श्रमिकहरु भने जान पाउने छन्। 

नेपालीका प्रमुख गन्तव्य, कतार, साउदी, युएई, कुवेत, बहराइन, दक्षिण कोरियालगायतका देशमा कोरोनाको संक्रमण देखिएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *