‘जनता कांग्रेसको पक्षमा छन्, अब मनमुटाव छोडेर अघि बढ्नुपर्छ’

 

बैशाख १५, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनता कांग्रेसको पक्षमा रहेको दाबी गरेका छन् । 

संखुवासभा क्षेत्र नम्बर २ ले आइतबार सदरमुकाम चैनपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘जनता कांग्रेस राम्रो होस् भन्ने चाहन्छन् । अझै पनि कांग्रेसकै पक्षमा छन् जनता । अब हामी आन्तरिक मनमुटाव छोडेर एकजुट भएर अघि बढ्नुपर्छ ।’ 

पार्टीलाई विधिसम्मत तवरले चलाउनुपर्नेमा जोड दिँदै उनले कांग्रेसले जनता र मुलुकको हितमा महत्वपूर्ण काम गर्दागर्दै पनि जनताले विश्वास गर्न नसकेको गुनासो पोखे । 

फरक प्रसंगमा उनले बहुमतको सरकार भएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकार ठूलाठूला भ्रष्टाचार काण्डमा फसेको दाबी गर्दै उनले भने, ‘सरकार ठूलाठूला काण्डमा फसेको छ । हत्या, हिंसा, बलात्कार बढेको छ । अपराधीलाई कारवाही गर्न सकेको छैन । आर्थिक वृद्धिदर घट्दो छ । यो सरकार पुरै असफल भयो ।’ 

वैशाख १३ गतेदेखि पूर्वी नेपालको विभिन्न जिल्ला दौडाहामा रहेका प्रकाशमान १७ गते काठमाडौं फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *