उम्मेदवारी खारेज गरिएका शिवपुजनको रिटमा ‘कारण देखाउ आदेश’
मकालु खबर
२०७४ जेठ १५ गते
मंसिर १९, काठमाडौं । उम्मेदवार खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतलले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश दिपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल का लागि भोलि नै बोलाएको छ ।
पहिलो संविधानसभामा फोरमका सांसद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । उनी यो पटक माओवादीबाट उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारले शिवपुजनविरुद्ध आयोगमा उजुरी दिएका थिए । यो सुनुवाई नभएपछि सर्वोच्च पुगे । तर, सर्वोच्चमा लिखित जवाफ दिनु अघि नै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित