सेभिया र एट्लेटिको मड्रिडले बराबरी, बार्सिलोनालाई फाइदा

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभिया र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राति भएको खेलमा सेभिया र एट्लेटिकोले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । 

सेभियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको ३७ औं मिनेटमा विसम बेन एड्डरले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै एट्लेटिको मड्रिडलाई खेलमा फर्काए । 

पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो । 

null

यो बराबरीसंगै शीर्ष स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ । बराबरीपछि दोस्रो स्थानको एट्लेटिकोको ३५ अंक भएको छ । तेस्रो स्थानमा रहेको सेभियाको ३३ अंक छ । बार्सिलोनाको ४० अंक छ । 

स्पेनिस ला लिगा अन्तर्गत नै अर्को खेलमा भिया रियल र इबरले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *