राष्ट्रपति–उपराष्ट्रपतिसहितको शुभकामना, विशेष कार्यक्रम गरी मनाईँदै

असोज ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको शुभकामना व्यक्त गरेकी छिन् ।   

संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो । सोही दिनको सम्झना गर्दै राष्ट्रपति भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको स्पष्ट पारिन् ।   

संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना समेत गरेकी छन् ।   

Image result for राष्ट्रपति विद्यादेवी भण्डारी

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान दिवसको शुभकामना सन्देश दिँदै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताए । 

उनले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गरेका छन् ।   

यसैगरी सभामुख कृष्णबहादुर महराले ‘संविधान दिवस, २०७६’ को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकलाई एकताबद्ध गर्ने र राष्ट्रिय एकतालाई मजबुत पार्न सबै नेपालीलाई आह्वान गरेका छन् । 

विभिन्न कार्यक्रम गरी मनाइँदै   

संविधान जारी भएको दिनको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिएको छ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ ।   

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *