युवा संघ बाँकेद्वारा चक्काजाम

नेपालगन्ज, साउन ६ । युवा संघ बाँकेले गलत उपचार गरि बिरामीको खुट्टा काट्ने अवस्थामा पुर्याउने चिकित्सकलाई कारवाही गर्नुको साटो पीडितलाई न्याय दिलाउन पुगेका ब्यक्तिलाई प्रहरीले कारवाहीको दायरामा ल्याएको भन्दै बुधबार र बिहीवार बाँकेको नेपालगन्ज कोहलपुर र खजुरामा चक्काजाम गरेको छ ।

युवा संघ बाँकेले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि पिडित माथि झन पिडा थपेको जनाएको छ । छलफल गर्न गएका व्यक्तिमाथि विना कारण मुद्दा लगाउनु अस्पतालको चरम लापरवाही रहेको युवा संघका केन्द्रिय सदस्य रविन्द्र लम्सालले बताए ।

पत्रकार सम्मेलन लगत्तै उनिहरुले विरोध स्वरुप १ घण्टा चक्काजाम समेत गरेका छन् । मुद्धा लगाइएकाहरु युवा संघका जिल्ला सचिव कुस्माखर बस्याल लगायत युवा संघका नेता कार्यकर्ता हुन् । युवा संघले मुद्धा फिर्ताको चेतावनी समेत दिएको छ । यो घटनामा चिकित्सकले अनाहक राजनीति गरेको र पीडित पक्षमाथी थप पिडा दिएको पाइएको युवा संघका अध्यक्ष किशोेर थापाले बताएका हुन् । माँ जानकी अस्पतालमा कार्यरत डा. श्याम सुन्दर यादवमाथी दुव्र्यवहारको आरोपमा सार्वजनिक अपराधको मुद्धा दर्ता गरिएका मध्ये २ जना पक्राउ परेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको नेपाल चिकित्सक संघ भेरीका सचिव डा। आरके झाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका सन्दिपसिंह र महेश खतिवडालाई पक्राउ गरिएको हो । पक्राउ गरिएको लिखित जानकारी प्राप्त गरेपछि संघले मंगलबारदेखि गर्दै आएको आन्दोलनका कार्यक्रम बुधबार बेलुकादेखि फिर्ता लिएको हो ।

संघको निर्णयपछि मंगलबारदेखि सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिकमा आपताकालित बाहेकका सेवा ठप्प भएका थिए । पीडित परिवारले जिल्ला प्रशासनमा क्षतिपुर्ती बापत ५० लाख १५ लाख औषधिउपचार र आजिवन भरणपोषणको माग गर्दै निवेदन दिएपछि चिकित्सक संघले सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *