कामना सेवाद्वारा विभिन्न ठाउँमा राहत वितरण

चैत्र २३, काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न् ठाउँमा राहत सामाग्री वितरण गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेका सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई कामना बैंकले राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु वितरण गरेको हो ।   

हाल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले देशभर लकडाउन अर्थात बन्दाबन्दी गरेको छ । यो अवस्थामा सृजित परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई खाद्य सामाग्री हस्तान्तरण गरेको हो ।   

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरेका थिए । संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिए ।   

यसै गरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनीहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।   

यसै गरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंंं. ७ लाई ६४ हजार बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । 

यस्तै, बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगलागी पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ ।   

यहीँ चैत २१ गते भिषण आगलागीबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेका हुन् ।   

साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो ।   

बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेकोछ । लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यि जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस पवित्र कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *