नेपाल रेडक्रस सोसाइटीमा जागिर खान चाहानुहुन्छ ? पूरा विवरण पढ्नुहोस्

काठमडौं, साउन ६ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलय काठमाडौंले कर्मचारी माग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्धारा सञ्चालित  ( Strengthening emergency response capacity of critical hub hospital networks Strengthening emergency response capacity of critical hub hospital networkszz) परियोजाना विकास तर्फ करार सेवामा कर्मचारीको आवश्यकता भएको जनाएको छ ।

योग्यता पुगेको र अनुभवी इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । यसका लागि शैक्षिक योग्यता, अनुभव सम्बन्धी कागजात, नेपाली नागरिकता प्रमाणपत्रको स्क्यान कपी र व्यक्तिगत विवरण संलग्न अभिलेखहरु बुझाउन सकिने सूचना आह्वान गरेको हो ।

मंगलबार ४ गते सूचना प्रकाशितसँगै १५ दिन भित्र [email protected]  दरखास्त दिन आह्वान गरिएको छ । आवेदनकर्ताले दरखास्त दिएपश्चात् कार्यलयबाट लिखित र मौखीक परीक्षाको लागि खवर गरिनेछ । एक व्यक्तिले एक पदमा मात्र आवेदन दिन सक्नेछन् । सवै पदहरुको कार्य विवरण (Job Description) सोसाइटीको वेभसाइट www.nrcs.org मा हेर्न सकिनेछ ।

हेर्नुहोस् विज्ञापनको पूर्ण रुप :

विज्ञापन न. : १
पद/तह : हेल्थ प्रोग्राम अफिसर– (तह -६), संख्या – १
प्रकृति : करार
परीक्षा विवरण : लिखित र अन्तर्वार्ता , दस्तुर रु ५०० र
उमेर : २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा २१ बर्ष पुरा भई ४० वर्ष ननाघेको
न्यूनतम शैक्षिक योग्यता : अनुभव पब्लिक हेल्थ वा नर्सिङ्गमा स्नातक गरी सम्वन्धीत क्षेत्रमा ४ वर्ष कार्य गरेको ।
वाञ्छनीय योग्यता : अंग्रेजी भाषा बोलाई र लेखाइमा कुशल, राष्ट्रिय वा वाह्य सहयोग प्राप्त भई संचालन भएको कार्यक्रममा अनुभव प्राप्त, कम्प्यूटर सम्वन्धी ज्ञान, परियोजना प्रतिवेदनहरु लेख्न सक्ने, सरकारी निकाय एवं दातृ संस्थाहरुसंग सम्पर्क र समन्वय गरी कार्य गर्न सक्ने । रेडक्रस अन्र्तगतका कार्यक्रममा कार्य गरेको अनुभव प्राप्त गरेको ।
कर्मचारी आवश्यक भएको जिल्ला स् वाँके, नेपालगञ्ज, फिल्ड हव अफिस

विज्ञापन नं : २
पद/तह : जिल्ला प्रोग्राम अफिसर–फिल्ड (तह- ६०),संख्या – ४
प्रकृति : करार
परीक्षा विवरण : लिखित र अन्तर्वार्ता , दस्तुर : रु ५०० र
उमेर : २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा २१ बर्ष पुरा भई ४० वर्ष ननाघेको ।
न्यूनतम शैक्षिक योग्यता : अनुभव पब्लिक हेल्थ वा नर्सिङ्गमा स्नातक वा अन्य स्वास्थ्य सम्वन्धी विषयमा स्नातक गरी सम्वन्धीत क्षेत्रमा ३ वर्षको कार्य गरेको ।
वाञ्छनीय योग्यता : अंग्रेजी भाषा बोलाई र लेखाइमा कुशल, जिल्लास्थित राष्ट्रिय वा वाह्य सहयोग प्राप्त भई संचालन भएको कार्यक्रममा अनुभव प्राप्त, कम्प्यूटर सम्वन्धी ज्ञान , परियोजना प्रतिवेदनहरु लेख्न सक्ने, रेडक्रस अन्र्तगतका कार्यक्रममा कार्य गरेको अनुभव प्राप्त गरेको, सरकारी निकाय एवं दातृ संस्थाहरु संग सम्पर्क र समन्वय गरी कार्य गर्न सक्ने ।

कर्मचारी आवश्यक भएको जिल्लाहरु स् दाङ्ग, वाँके, कैलाली र डडेल्धुरा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *