श्रीमती प्रेमीसँग भागेपछी श्रीमानले पुत्ला बनाएर गरे अन्तिम संस्कार, छोराले दिए दागबत्ती

माघ २२, काठमाडौँ । भारतमा एक श्रीमान्ले आफ्नो श्रीमती प्रेमीसँग भागेपछी हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरेका छन् ।   

श्रीमती प्रेमीसँग भागेर रुष्ट भएका  भारतको बोकारो जिल्लाको तेलो थानाका  राजिव कुमारले आफ्नो ३२ वर्षीया  श्रीमतीको पुत्ला बनाएर  विधिपूर्वक अन्तिम संस्कार गरेका हुन् ।   

उक्त पुत्लालाई उनका छोराले आफ्नी आमाको मृत्यु भई सकेको सम्झी दागबत्ती समेत दिएका छन् ।   

राजिवका अनुसार  अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । उनले भने ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *